१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

दलित समुदायलाई संस्कृति संरक्षण गर्न नौमती बाजा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:३६:oo

लमजुङमा परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको छ। मध्यनेपाल नगरपालिका– १० नेटाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको हो । पालिकाको सांस्कृतिक विविधतामा एकता कायम राख्ने उद्देश्यले नौमती बाजा हस्तान्तरण गरिएको मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले बताए।

उनले दलित समुदायको परम्परागत संस्कृति संरक्षणसँगै आयआर्जनमा पनि सहयोग पुग्ने उल्लेख गर्दै लोप हुँदै गएको मौलिक बाजा संरक्षण गर्न नगरपालिकाले दलित समुदायलाई बाजा हस्तान्तरणसँगै सीप सिकाउने अभियान सुरु गरेको बताए।

बाजालाई सही सदुपयोग गर्न आग्रह गर्दै यसबाट दलित समुदायले मनग्य लाभ लिन जरुरी रहेको मध्यनेपाल नगरपालिका– १० का वडाध्यक्ष रामचन्द्र भण्डारीले बताए । बाजा टुट्ने–फुट्ने गरी कसैको घरमा राख्न नहुने जुन उद्देश्यले तपाईंहरूले माग गरेको हो त्यो पूरा गर्न जरुरी रहेको उनको भनाइ थियो । नगरपालिकाबाट नौमती बाजा पाएसँगै दलित समुदाय अत्यन्तै खुसी भएका छन् । 
 

ad
ad