१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरिङमा १० प्रतिशत छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:५o:oo

 समृद्धि फाइनान्सका ग्राहकले डिलाइट टेलरिङमा छुट पाउने भएका छन् । फाइनान्स र टेलरिङ सेन्टरबीच छुट सुविधा दिने गरी सझदारी भएको जनाइएको छ ।सो समझदारीपत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुभाष श्रेष्ठ र डिलाइट टेलरिङ सेन्टरका तर्फबाट संस्थापक नरेश घलेले हस्ताक्षर गरे । 

समझदारीअन्तर्गत फाइनान्सका ग्राहकले समृद्धि मोबाइल बैंकिङ, डेबिड कार्ड प्रयोग गरी टेलरिङमा नयाँ कपडा खरिद गर्दा १० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ । यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । 

फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोबार, आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, रेमिट्यान्स, क्लियरिङलगायत बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोड आदि डिजिटल सुविधा निःशुल्क प्रदान गरिरहेको जनाएको छ ।

ad
ad