१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
रासस दमौली
२o८१ बैशाख १७ सोमबार १७:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

झन्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधक : राष्ट्रपति

Read Time : < 1 मिनेट
रासस, दमौली
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १७:४२:oo

राष्ट्रपति रामचन्द्र पौडेलले झन्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधक रहेको बताएका छन्। तनहुँको म्याग्दे गाउँपालिका– ४ नारिंगेमा निर्माण भएको गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले झन्झटिलो प्रशासनिक सेवालाई सहज र सरल बनाउँदै भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले भने, ‘व्यवस्था फेरिए पनि अवस्था फेरिएन भन्नेहरूका लागि एकातिर विकासका गतिलाई तीव्रता दिनु छ भने अर्कोतर्फ संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुको विकल्प छैन।’

राष्ट्रपति पौडेलले समृद्ध र समुन्नत म्याग्दे बनाउने योजनालाई जनप्रतिनिधि, कर्मचारी र गाउँवासीले सहकार्य गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे। संवैधानिक व्यवस्थाअनुसार स्थापित गणतान्त्रिक नेपालको महत्वपूर्ण आधार संरचना स्थानीय तह भएकाले जनताका आकांक्षा पूरा गर्नेतर्फ दृढ रहन उनले आग्रह गरे।

विगतमा सिंहदरबारमा केन्द्रीकृत शासन व्यवस्थालाई घरदैलोमा नै ल्याएर सेवा सुविधा दिने स्थानीय तह शासन प्रणालीको बलियो आधार भएको उनको भनाइ थियो। स्थानीय तहका जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने बताउँदै उनले भने, ‘देशका कतिपय स्थानीय तहमा भौतिक पूर्वाधार तयार हुन नसकेका वेला यस गाउँपालिकाले आवश्यक जग्गाको व्यवस्थापन गरी सेवा–सुविधालाई सहज र प्रभावकारी बनाउन सुविधासम्पन्न प्रशासकीय भवन बनाएकामा म धन्यवाद भन्न चाहन्छु।’

ad
ad