१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ मङ्सिर २७ सोमबार ०६:०६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मुक्तिनाथ विकास बैंकको लाभांश पारित

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर २७ सोमबार ०६:०६:००

मुक्तिनाथ विकास बैंकको साधारणसभाले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको १८.५० प्रतिशत लाभाश पारित गरेको छ । बैंकको पन्ध्रौँ वार्षिक साधारणसभाले १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश पारित गरेको हो ।

साधारणसभामा राखिएको वार्षिक प्रतिवेदनमा सेयरधनीले सल्लाह–सुझाव र जिज्ञासा राखेका थिए । उठेका जिज्ञासा सम्बन्धमा बैंकका अध्यक्ष भरतराज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले प्रस्ट पारेको जनाइएको छ । 

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध कुनै पनि एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सक्ने सुविधा दिएको जनाएको छ । त्यस्तै, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङजस्ता सुविधा दिँदै आएको बैंकले जनाएको छ ।