१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १८ आइतबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत १८ आइतबार १५:२६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १८ आइतबार १५:२६:oo

मुक्तिनाथ विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्न धादिङ जिल्लाको विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

बैंकले धादिङको रोराङ गाउँपालिका– ५ स्थित सुन्दरदीप महिला विकास बहउद्देश्यीय सहकारी संस्थामा आबद्ध महिलालाई र थाक्रे गाउँपालिका– १० स्थित ठूलोपोखरीका स्थानीयवासीलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।

उक्त कार्यत्रमहरुमा बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषयहरू, डिजिटल बैंकिङ प्रविधि र बैैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो। स्थानीय तहमा वित्तीय कारोबारबारे चेतना तथा पहुँच पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम गरेको बैंकले जनाएको छ।