१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २२ बुधबार २०:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अमेरिकी दूतावासद्वारा लोकतन्त्र शिखर सम्मेलनसम्बन्धी कार्यक्रम आयोजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २२ बुधबार २०:०९:००

नेपालस्थित अमेरिकी दूतावासले लोकतन्त्र शिखर सम्मेलनको पूर्वसन्ध्यामा बुधबार एक कार्यक्रमको आयोजना गरेको छ। २३ र २४ मंसिरमा आयोजना हुने शिखर सम्मेलन एक विश्वव्यापी भर्चुअल सम्मेलन हो। जसले लोकतान्त्रिक नवीनीकरणका लागि स्विकारात्मक एजेन्डा तय गर्न सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वलाई एकै ठाउँमा ल्याउने बताइएको छ। 

उक्त कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी, युएसएआइडीका नियोग प्रमुख सेपिडे केभानसाड, नेपाली नेतृत्वकर्ता, अधिकारकर्मी, नागरिक समाजका सदस्य र युवा अभियन्ताहरूले सामाजिक, राजनीतिक र आर्थिक समावेशीकरणका साथै लोकतान्त्रिक मुलुकहरूका अवसर र चुनौतीबारे चर्चा गरे। 

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत बेरीले हालैका वर्षहरूमा नेपालले हासिल गरेका उपलब्धिमाथि प्रकाश पार्दै भने, ‘नेपाल धेरै अर्थमा यस क्षेत्र र विश्वकै निम्ति एउटा नमुनाको रूपमा रहेको छ । विगतको १५ वर्षभित्र नेपाल हिंसात्मक माओवादी द्वन्द्व, त्यसपछिको शान्ति प्रक्रिया, लोकतान्त्रिक शासनको पुनरागमन र नेपाललाई धर्मनिरपेक्ष, लोकतान्त्रिक र संघीय व्यवस्थाको रूपमा परिभाषित गर्ने संविधानको अनुमोदन हुँदै अघि बढेको छ।’  राजदूत बेरीले संयुक्त राज्य अमेरिकाको लोकतन्त्रको शक्तिको परीक्षण र पुनः पुष्टि गरेका ऐतिहासिक र हालसालका घटनाहरूका बारेमा पनि चर्चा गरे। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले मानवअधिकार दिवस पहिलो लोकतन्त्र शिखर सम्मेलनको आयोजना गरेर बनाउनेछन्।