Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काडमाडौं
२०७८ मङ्सिर ८ बुधबार १९:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीको दाबी–एमालेलाई नसकेपछि प्रचण्ड कांग्रेस बिगार्न लागे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काडमाडौं
२०७८ मङ्सिर ८ बुधबार १९:४५:००

एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होसियार रहन कांग्रेसलाई आग्रह गरेका छन् । बुधबार काठमाडौंमा पार्टीनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले गठन गरेको साइबर सर्कल घोषणा कार्यक्रममा उनले प्रचण्डले कांग्रेसलाई बिगार्न समातेको दाबी गरे ।

उनले आफूहरूलाई बिगार्ने प्रयास असफल भएपछि प्रचण्ड कांग्रेसको पछि लागेको ओलीको आरोप छ । उनले भने, ‘कांग्रेसको पछि लाग्ने प्रचण्डको पछि लागेर देश बन्छ ? बहुमतको कम्युनिस्ट पार्टी फुटाएर चोइटो लिएर कुँद्ने त्यस्ताहरूको पछि लागेर देश बन्छ ? प्रचण्डले सधैँ समस्या खडा गर्ने । हामीलाई बिगार्न खोजेका थिए । नबिग्रिने देखेपछि टाप । कहाँ बिग्रन्छ एमाले ? अब कांग्रेसलाई समातेको छ । म कांग्रेसलाई चेतावनी दिन चाहन्छु– कांग्रेस होसियार । प्रचण्डले भ्याइदिन्छन् । हामीलाई भ्याउन खोजेका थिए प्रचण्डले, सकेनन् ।’

ओलीले कांग्रेसको पुच्छर बनेको प्रचण्ड र माधव नेपालबाट देश बन्छ भन्ने कल्पनासमेत नगर्न आग्रह गरे । उनले सञ्चार क्षेत्रमा बाह्य लगानी भित्र्याएर मुलुकलाई डरलाग्दो अवस्थामा पु¥याउने प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने काममा लाग्न पनि साइबर सर्कललाई आग्रह गरे । 

उनले राष्ट्र, राष्ट्रियता, मुलुकको समृद्धि र विकासका लागि वातावरण बनाउने काममा सञ्चारमाध्यमहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनको छ । ओलीले सर्वोच्च अदालतमा भइरहेका गतिविधिको मुख्य दोषी पनि सत्तारुढ गठबन्धन भएको आरोप लगाए ।