१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २९ सोमबार
  • Thursday, 03 July, 2025
२o७८ कार्तिक २९ सोमबार १७:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दैलेखमा जबर्जस्ती करणीको आरोपमा एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २९ सोमबार १७:५o:oo

दैलेखमा १७ वर्षीया युवतीलाई जबर्जस्ती करणी गर्ने एकजना पक्राउ परेका छन्। १७ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा अन्दाजी ४० वर्षीय केशव सुजीलाई दैलेख प्रहरीले पक्राउ गरेको हो। पीडितलाई विवाह गर्छु भनी प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको आरोपमा सुजीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। 

अन्य व्यक्तिसँग बिहे गरेमा बेइज्जत गरिदिन्छु भनी डर त्रास देखाई गत कात्तिक २२ गते राति ११ बजेको समयमा जबर्जस्ती करणी गरेको भनेर आएको उजुरीका आधारमा सुजी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए। 

पीडितकी आमाले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। छोरीलाई जबर्जस्ती करणी गरेको भनी पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दर्ता गराएकी थिइन्। 

आरोपित केशव सुजीलाई जरुरी पक्राउ पुर्जी दिई पक्राउ गरी दैलेख जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिएका छन्।