१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २४ बुधबार
  • Saturday, 05 July, 2025
२o७८ कार्तिक २४ बुधबार १६:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिलिन्डर ग्यास विस्फोटका पीडितलाई राहत रकम वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २४ बुधबार १६:५३:oo

सिलिन्डर ग्यास विस्फोटका पीडितलाई राहत रकम वितरण गरिएको छ। बुधबार ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री पम्फा भुसालले सरकारको विपत् राहत कोषबाट आठ लाख ५० हजार रकम पीडितलाई हस्तान्तरण गरेकी हुन्।

गत शुक्रबार सिलिन्डर विस्फोट हुँदा पाटन मंगलबजारमा एकै परिवारका चारजनाको मृत्यु भएको थियो। विस्फोटमा दुईजना घाइते भएका थिए । घाइतेमध्ये एकजना निको भएका छन् भने अर्का एकजनाको पाटन अस्पतालमा उपचार भइरहेको छ। सिलिन्डर विस्फोट हुँदा सिंगो घर नै जलेकोले पीडितलाई राहत संकलन गरिएको हो।

सशस्त्र प्रहरीले पनि बुधबार ३० हजार पाँच सय रकमसहित चामल र न्यानो कपडा वितरण गरेको छ।