१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १३ शनिबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १३ शनिबार ११:१२:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

महाकवि देवकोटाको स्मृतिमा चित्रकला प्रतियोगिता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १३ शनिबार ११:१२:oo

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिनका अवसरमा चित्रकला प्रतियोगिता हुने भएको छ। हिमालयन फेस्टिभल अफ आर्ट एन्ड लिटरेचरको आयोजनामा देवकोटाको जन्मदिनको अवसर पारेर चित्रकला प्रतियोगिता हुने लागेको हो।

चित्रकला प्रतियोगितामा भाग लिन चाहनेले देवकोटाको जीवनका कालखण्डका स्केच तथा पेन्टिङ आयोजकलाई पठाउनुपर्ने हुन्छ। प्रतियोगीले आयोजकको फेसबुक वा इमेलमार्फत कात्तिक १७ गतेसम्म चित्रकला पठाउन सक्नेछन्।

आयोजकलाई प्राप्त चित्रकलाहरूमध्येबाट उत्कृष्ट चित्रकलालाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान र सामाजिक सञ्जालमा अत्यधिक रुचाइएको अर्को चित्रकलालाई तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

फेस्टिभल डाइरेक्टर अजयमणि पौडेलले उत्कृष्ट स्केच र पेन्टिङलाई निकट भविष्यमै हुने हिमालयन फेस्टिभल अफ आर्ट्स एन्ड लिटरेचरमा प्रदर्शन गरिने जानकारी दिए ।