‘सुडानमा एक हप्ताभित्र नयाँ प्रधानमन्त्री, सार्वभौम परिषद् चुनिने’

शुक्रबार, १२ कार्तिक, २०७८
डिजिटल संस्करण

सुडानका सशस्त्र बलका ‘कमान्डर इन चिफ’ अब्देल फताह अल–बुर्हानले सुडानमा नयाँ प्रधानमन्त्री र सार्वभौम परिषद् केही दिनभित्र चुनिने बताएका छन्।

प्रधानमन्त्रीको निर्वाचन र सार्वभौम परिषद्का सदस्यहरूको नियुक्तिको समयबारे अल–बुर्हानले स्पुतनिक समाचार संस्थासँग भने, ‘मलाई आशा छ, केही दिन वा एक हप्ताभित्र नयाँ प्रधानमन्त्री र सार्वभौम परिषद् चुनिनेछ।’

सुडानी सेनाले सोमबार बिहान प्रधानमन्त्री अब्दल्ला हामडोक र सरकारका अन्य सदस्यहरूलाई हिरासतमा लिएको छ। सुडानी संक्रमणकालीन सार्वभौम परिषद्का प्रमुख अल–बुर्हानले राष्ट्रका नाममा टेलिभिजनमा सम्बोधन गर्दै आपतकालीन अवस्थाको चर्चा गर्दै सरकार विघटन गर्ने घोषणा गरेका छन्।

मंगलबार हाम्डोक र उनकी श्रीमती राजधानीस्थित निवास फर्किएको जनाइएको छ।

See More On

सुझावित समाचार