मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १९ मंगलबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १९ मंगलबार १२:४o:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

विनोदविक्रम केसीको ‘भेन्टिलेटरमा आमा’ बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १९ मंगलबार १२:४o:oo

कवि तथा निबन्धकार विनोदविक्रम केसीको पहिलो निबन्धसंग्रह ‘भेन्टिलेटरमा आमा’ सार्वजनिक भएको छ। पुस्तक सोमबारदेखि बजारमा पुगेको प्रकाशक संस्था बेला पब्लिकेसन्सले जनाएको छ।
 
‘भेन्टिलेटरमा आमा’मा २९ वटा निबन्धह? संग्रहित छन्। ‘खासमा यो मेरो सम्झनासंग्रह पनि हो,’ निबन्धकार केसीले भने, ‘केही मान्छे, केही घटना अनि केही सन्दर्भलाई स्मृतिको तानमा हालेर ‘केही’ बुन्न खोजेको छु। केही दिवंगत प्रिय मान्छेका बारेमा केही पृष्ठ अर्पण गरेको छु।’ केसीले निबन्धमा आफूले बाँचेको समय र समाजका मिठास र कटुता, जलन र शीतलता, प्रेम र क्रूरतालाई व्यक्त गरेको बताएका छन्।

लामो समयदेखि व्यंग्य, संस्मरण, निबन्धमा कलम चलाउँदै आएका केसी फुटकर लेखनबाटै निबन्ध विधामा पाठकहरूद्वारा रुचाइएका लेखक हुन् । तिख्खर भाषामा व्यंग्यचेती गद्यलेखन उनको परिचय हो । उनी निबन्धसँगै कविता, कथा, अनुवाद, सम्पादनलगायत सिर्जनकर्ममा सक्रिय छन्।

करिब डेढ दशकसम्म विभिन्न सञ्चारगृहसँग आबद्ध भई सक्रिय पत्रकारितामा संलग्न केसीको यसअघि ‘भोकको क्षेत्रफल’ (२०६९) कवितासंग्रह प्रकाशित छ।