मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २६ शुक्रबार
  • Friday, 09 June, 2023
एजेन्सी
२०७८ असोज ७ बिहीबार १२:४४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

हैजाका कारण नाइजेरियामा ३२९ जनाको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी
२०७८ असोज ७ बिहीबार १२:४४:००

नाइजेरियाको एक उत्तरी प्रान्तमा गत मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा तीन सय २९ जनाको ज्यान गएको नाइजेरियाका एकजना स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्। ती अधिकारीले नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट ती व्यक्तिहरूको ज्यान गएको बताएका हुन्। 

सो राज्यका स्वास्थ्य अधिकारी सुलेइमान इस्लियाका अनुसार राज्यका कम्तीमा ४४ स्थानीय तहमा हैजाको प्रकोप फैलिएको थियो। त्यसमा परेर ती व्यक्तिहरूको ज्यान गएको र अरू कैयौँ बिरामी परेका ती अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

ती स्थानीय निकायहरूमा ११ हजार एक सय १५ जनामा हैजा फैलिएको आशंका गरेर परीक्षण गरिएको थियो। तीमध्ये स्वास्थ्य परीक्षणमा धेरै निको भएका थिए। अहिले पनि ३१ जना हैजा लागेको पुष्टि भएका व्यक्ति अस्पतालमा उपचार गराइरहेका बताइएको छ। हाल हैजाको प्रकोप देखिएका स्थानहरूमा स्वास्थ्य निगरानी बढाइएको अधिकारीहरूले बताएका छन्।