मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज ४ सोमबार
  • Thursday, 17 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ४ सोमबार १८:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रोहिंग्यालाई अमेरिका पठाउने भन्दै नेपाल भित्र्याउने तीन एजेन्ट पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ४ सोमबार १८:३३:oo

केही दिनअघि काठमाडौंमा रोहिंग्य भित्र्याउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक बंगलादेशी र दुई म्यानमारका रहेका छन्।

उनीहरूले बंगलादेशको शरणार्थी क्याम्पमा रहेका म्यानमारका शरणार्थीलाई नेपाल ल्याएर छाडेका थिए। सोही आरोपमा उनीहरू पक्राउ परेकाे प्रहरीले जनाएको छ। रोहिंग्याहरूलाई अमेरिका पठाउने भन्दै रकम असुली उनीहरूले काठमाडौंमा छाडेर भागेका थिए।

अमेरिका जाने बाटो नेपाल हो भन्दै उनीहरूले रोहिंग्यालाई छाडेपछि रोहिंग्याकै बयानका आधारमा प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो। सिआइबीका प्रवक्ता श्यामकुमार महतोले म्यानमारका नागरिक नोरुल अमिन, साेफिक आलम र बंगलादेशी नागरिक अजमत उल्ला पक्राउ परेको जानकारी दिए। ‘उनीहरूले एजेन्टको रूपमा काम गरेका रहेछन्। रोहिंग्यासँग रकम लिएर नेपाल ल्याएर छाडेको रोहिंग्याले बताएका छन्,’ उनले भने, ‘पक्राउ परेकामाथि थप कारबाही भइरहेको छ।’

उनीहरूमाथि  मानव ओसारपसार तथा बेचबिखनसम्बन्धी मुद्दा चलाइएको छ। हाल काठमाडौंको कपन क्षेत्रमा झन्डै ४ सय रोहिंग्या बसोबास गर्छन् । केही दिनअघि मात्रै १४ जना रोहिंग्या काठमाडौंमा पक्राउ परेका थिए ।