मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १ बिहीबार
  • Thursday, 17 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १ बिहीबार २२:१८:oo
Read Time : < 1 मिनेट
समाचार

हदबन्दीको जग्गा बैना गरेर ५ करोड ४० लाख ठगी गरेको आरोपमा बैद्य पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १ बिहीबार २२:१८:oo

हदबन्दीको जग्गा बिक्री गर्न बैना लिएर ठगी गरेको आरोपमा काठमाडौं- १, नक्सालका ७० वर्षीय किरण बैद्य पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई बिहीबार पक्राउ गरेको हो । 

उनले चाँगुनारायण नगरपालिका- २ मा रहेको हदबन्दीको जग्गा बिक्री गर्ने भन्दै पाँच करोड ४० लाख ९६ हजार लिएका थिए। तर, हदबन्दीको जग्गा बिक्री गर्न मिल्दैन । जग्गा नामसारी नहुने भएपछि पैसा फिर्ता माग्दा नदिएपछि उनी पक्राउ परेका हुन्। 

उनी युक्रेनका लागि नेपालका पूर्वअवैतानिक वाणिज्यदूत हुन्।