मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १ बिहीबार
  • Thursday, 17 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १ बिहीबार २२:o२:oo
Read Time : < 1 मिनेट
समाचार

एक वर्षमा अख्तियारद्वारा ९९० विरुद्ध भ्रष्टाचार मुद्दा दायर, सवा २५ अर्ब बिगो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १ बिहीबार २२:o२:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष अदालतमा ९९० प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको छ । त्यसमा १४५ महिला, ८०१ पुरुष र ४४ संस्था छन् । ती प्रतिवादीविरुद्ध कुल २५ अर्ब २३ करोड ६५ लाख ९७ हजार ९८९ रुपैयाँ बिगो दाबी गरिएको छ । गत वर्ष पोखरा विमानस्थललगायतका ठुला मुद्दा दायर भएका थिए । 

विशेष अदालतमा दायर गरेका मुद्दामध्ये गत आवमा १५६ वटाको फैसला प्राप्त भएको अख्तियारले जनाएको छ । ती फैसलाबाट ८१ वटा मुद्दामा कसुर कायम भएको छ । सोही अवधिमा १०४ वटा मुद्दामा अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । 

आयोगमा एक वर्षमा करिब ४१ हजार उजुरी परेको र त्यसमध्ये करिब आधा स्थानीय तहसम्बन्धी रहेको प्रवक्ता सुरेश न्यौपानेले बताए । आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएर विवरण सार्वजनिक गरेको हो ।