१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ३ आइतबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ३ आइतबार १३:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधान परिवर्तन वा पुनर्लेखनको नाममा मुलुकलाई अस्थिरतातर्फ धकेल्ने छुट कसैलाई छैन : विवेकशील साझा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ३ आइतबार १३:१६:oo

विवेकशील साझा पार्टीले संविधान परिवर्तन वा पुनर्लेखनको नाममा मुलुकलाई अस्थिरतातर्फ धकेल्ने छुट कसैलाई नभएको जनाएको छ। पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेले संविधान दिवसको अवसरका जारी गरेको सन्देशमा यस्तो उल्लेख गरिएको छ।

‘यो  संविधान अझै सम्पूर्ण रूपमा सर्वस्वीकार्य बन्न सकेको छैन। यसलाई पनि समयक्रममा संविधानका सीमाभित्रै रहेर सुधार गर्दै अगाडि बढ्ने हो। तर, फेरि देशले संविधान परिवर्तन वा पुनर्लेखनको नाममा अर्को द्वन्द्व थेग्न सक्दैन। अब पनि वर्षौँ व्यवस्थाविरोधी आन्दोलन गरेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने छुट कसैलाई छैन,’ पाण्डेले जारी गरेको सन्देशमा उल्लेख छ।

संविधान कार्यान्वयनको कार्यभार नयाँ पुस्ताको काँधमा रहेको पनि उनले बताएका हुन्।

‘तत्कालीन रूपमा पार्टीको तर्फबाट संविधानको नमुना संविधानसभामा प्रस्तुत गरेको स्मरण गर्दै दशकौँको संघर्षमा सामेल हुने अवसर हाम्रो पुस्तालाई नमिले पनि यसको कार्यान्वयनको कार्यभार हाम्रो पुस्ताको काँधमा रहेकोमा गम्भीर जिम्मेवारीबोध गरेका छौँ,’ सन्देशमा उल्लेख गरिएको छ।