Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ असोज १ शुक्रबार ०६:०२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिजी इलेक्ट्रोनिक्सको दसैँ अफर

Read Time : < 1 मिनेट
२०७८ असोज १ शुक्रबार ०६:०२:००

 इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले दसैँ–तिहारको अवसर पारेर प्रवद्र्धनात्मक योजना ल्याएको छ । कम्पनीले ‘यो उत्सवमा घरलाई बनाऔँ सिजी स्मार्ट होम’ नामक योजना ल्याएको हो । 

योजनाअन्तर्गत सिजीका कुनै पनि एलइडी टिभी, रेफ्रिजेरेटर, चेस्ट फ्रिजर, सोकेस, कुलर र भ्याकुमको खरिदमा विभिन्न किसिमका वारेन्टीका साथै क्यासब्याक तथा विभिन्न उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।

त्यस्तै, सिजीको माइक्रोवेभ ओभनको खरिदमा दुई हजार आठ सय रुपैयाँबराबरको कुकिङ किट तथा क्यासब्याक, एसीको खरिदमा चार हजार रुपैयाँबराबरको निःशुल्क जडान तथा क्यासब्याक र सिजी डिसवासरको खरिदमा दुई प्याकेट डिसवासर ट्याब्लेट तथा क्यासब्याक प्राप्त गर्न सक्ने जनाइएको छ ।  

योजनाअनुसार सिजी ब्रान्डका कुनै पनि सामानको खरिदमा क्यासब्याक तथा उपहारहरू प्राप्त गर्न सक्ने जनाइएको छ । जसअनुसार ५५ हजार रुपैयाँसम्मको बचत गर्न सकने योजनामा प्रत्येक १५  दिनमा लक्की ड्रमार्फत डबल डोर रेफ्रिजेरेटर पाँचजनालाई र बम्परमा तीन जोडीलाई दुई रात, तीन दिनको मेघौली सेराईको प्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ ।