१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २० आइतबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २० आइतबार १८:५३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल–भारत मैत्रीपूर्ण फुटबल : भारत १-० ले अगाडि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २० आइतबार १८:५३:oo

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा भारतले एक शून्यको अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलमा पाहुना टोली भारतले दोस्रो हाफमा एक गोल गरेको हो । 

विश्व फुटबल महासंघ (फिफा)को वरीयतामा नेपालभन्दा भारत ६३ स्थान माथि छ। वरीयताअनुसार भारत १०५औँ स्थानमा छ भने नेपाल १६८औँ स्थानमा छ । हालसम्म दुवै देशबीच २० पटक फुटबल मैदानमा भिडन्त भएको छ। भारत १३ खेलमा विजयी हुँदा नेपालले दुई खेल मात्र जित्न सकेको छ। दुवै टोलीले पाँच खेल बराबरी खेलेका छन्।

भारतसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जानेछ। नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ। साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदै छ।