१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
एजेन्सी
२o८१ बैशाख २४ सोमबार o६:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रोनाल्डोले राखे विश्वकीर्तिमान

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:४६:oo

पोर्चुगलका कप्तान तथा स्ट्राइकर क्रिस्टियानो रोनाल्डाले राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने विश्वकीर्तिमान राखेका छन् । रोनाल्डोले इरानका अली दाईको एक सय नौ गोल उछिन्दै १११ गोलको विश्वकीर्तिमान राखेका हुन् । उनले यो उपलब्धि सन् २०२२ को विश्वकपअन्तर्गत युरोपियन छनोटमा रिपब्लिक अफ आयरल्यान्डविरुद्ध दुई गोल गर्दै हात पारेका हुन् । 

इरानका अलीले १९९३ देखि २००६ सम्म एक ४९ खेलमा एक सय नौ गरेका थिए । पाँचपटकको बालोन डिअर विजेता रोनाल्डोले सन् २००३ देखि हालसम्म एक सय ८०औँ खेलमा यो कीर्तिमान हासिल गरेका हुन् । रोनाल्डोले ४४ राष्ट्रविरुद्ध गोल गरेका छन् । ३६ वर्षीय रोनाल्डोले लिथुआनिया र स्विडेनविरुद्ध धेरै ७ गोल गरेका छन् । रोनाल्डोले यो ६ वर्षको अवधिमा ५६ गोल गरेका छन् ।

ad
ad