१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १५:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

इतर पक्षको साझा उम्मेदवार टुंगो लागेन, देउवाविरुद्ध एकै ठाउँमा रहेको सन्देश (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:४१:oo

नेपाली कांग्रेसको संस्थापनइतर पक्ष आज पनि साझा उम्मेदवारका विषयमा निर्णायक बन्न सकेन । पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी साझा उम्मेदवारबारे घोषणा गर्ने भनिए पनि कुनै टुंगाे लागेन।

साझा उम्मेदवारबारे निर्णय गर्न नसकेको इतर पक्षले आफूहरू एकै ठाउँमा रहेको सन्देश मात्र दिएको छ। पत्रकार सम्मेलनमा उपस्थित नेताको संख्यालाई नै सामूहिक नेतृत्वमा विश्वस्त हुने आधार बताउँदै वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनमा अन्तिम समयसम्म सँगै हुने बताए।

‘उपलब्धिहरू बचाउन सतर्क भएर रहनुपर्ने अवस्थामा विचार मिल्नेहरू एक ठाउँमा आयौँ,’ सम्मेलनका क्रममा पौडेलले भने, ‘एउटा सन्देश के दिन चाहन्छौँ भने पार्टी सुधारका लागि हामी एउटै सभापतिको उम्मेदवार दिएर महाधिवेशनमा अन्तिमसम्म सँगै हुन्छौँ ।’

पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलसहित नेता प्रकाशमान सिंह, सुजाता कोइराला, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल, शेखर कोइराला, शशांक कोइराला, धनराज गुरुङ, गगन थापालगायतका नेताहरूको उपस्थिति थियो।

ad
ad