प्रधानमन्त्री ओली तीन मन्त्रीसहित देउवानिवासमा

बुधबार, २२ बैशाख, २०७८
डिजिटल संस्करण

संसद्को विशेष अधिवेशनमार्फत विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री केपी ओली कांग्रेस सभापति तथा विपक्षी दलको नेता शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । 

प्रधानमन्त्री ओली तीनमन्त्री र एमाले नेताहरूसहित साढे ४ बजे बुढानीलकण्ठस्थित देउवानिवास पुगेका हुन् । प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री तथा एमाले प्रवक्ता प्रदीप ज्ञवाली र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत छन् । 

भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको एक नेताले जानकारी दिए । भेटमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइरालालगायत छन् । 

मंगलबार मात्रै कांग्रेसका शीर्ष नेताहरूको बैठकले ओलीलाई विश्वासको मत नदिने, विश्वास मतमा असफल बनाउन अन्य राजनीतिक दलहरूसँग छलफल गर्ने र आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि पहल गर्ने निर्णय गरेको थियो । 
 

सुझावित समाचार