मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ बैशाख २२ बुधबार १८:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओली तीन मन्त्रीसहित देउवानिवासमा

Read Time : < 1 मिनेट
२०७८ बैशाख २२ बुधबार १८:१४:००

संसद्को विशेष अधिवेशनमार्फत विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री केपी ओली कांग्रेस सभापति तथा विपक्षी दलको नेता शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । 

प्रधानमन्त्री ओली तीनमन्त्री र एमाले नेताहरूसहित साढे ४ बजे बुढानीलकण्ठस्थित देउवानिवास पुगेका हुन् । प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री तथा एमाले प्रवक्ता प्रदीप ज्ञवाली र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत छन् । 

भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको एक नेताले जानकारी दिए । भेटमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइरालालगायत छन् । 

मंगलबार मात्रै कांग्रेसका शीर्ष नेताहरूको बैठकले ओलीलाई विश्वासको मत नदिने, विश्वास मतमा असफल बनाउन अन्य राजनीतिक दलहरूसँग छलफल गर्ने र आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि पहल गर्ने निर्णय गरेको थियो ।