१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ बैशाख १० शुक्रबार ०७:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लामो पुल हेर्न पैसा तिर्नुपर्ने निर्णय फिर्ता

Read Time : < 1 मिनेट
२०७८ बैशाख १० शुक्रबार ०७:३५:००

चौतर्फी विरोधपछि बाग्लुङ नपा निर्णयबाट पछि हट्यो

बाग्लुङ नगरपालिका– १ रामरेखाबाट पर्वत कुस्मा नगरपालिका– १ पाङ अदुवाबारी जोड्ने लामो पुलमा सर्वसाधारणसँग शुल्क उठाउने निर्णयबाट बाग्लुङ नगरपालिका पछि हटेको छ । शुल्क उठाउने निर्णयको चौतर्फी विरोध भएपछि नगरपालिकाले निर्णय फिर्ता लिएको हो । 

संघीय सरकारको सहयोगमा हालै निर्माण सम्पन्न भएको पुल सञ्चालन खर्चबापत भन्दै नगरपालिकाले प्रतिव्यक्ति २० देखि ५० रुपैयाँसम्म शुल्क उठाउने निर्णय गरेको थियो । नगरपालिकाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि पुल तरेको शुल्क नलाग्ने स्पष्ट पारेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले मंगलबारदेखि नै लागू हुने गरी निर्णय फिर्ता गरिएको बताए । 

नगरपालिकाले चैतेदसैँका दिन कालिका मन्दिरमा भिड भएको र सोही अवसर पारेर नगरपालिकाले पुल तरेको २० रुपैयाँ लिन थालेको थियो । दुई नगरपालिकाका स्थानीय नागरिकका हकमा भने यो लागू नहुने बताइएको थियो । तर, पुल तर्नसमेत पैसा लिन थालिएपछि नयाँ पत्रिकालगायत विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएको थियो । यस्तै, सामाजिक सञ्जालमा तीव्र आलोचना भएको थियो । विद्यार्थी संगठनहरूले समेत निर्णय सच्याउन माग गरेका थिए । 

याे पनि पढ्नुहाेस् : पुल तर्नेसँग पनि बाग्लुङ नगरपालिकाले पैसा असुल्न थाल्यो