१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o५:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : मृत्युका ठेकेदारको मृत्यु !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o५:५९:oo

यो प्रसंग सन् १८८८ को हो । एकाबिहानै एक व्यक्ति एउटा दैनिक पत्रिका लिएर पढिरहेका थिए । अचानक उनका आँखा पत्रिकामा प्रकाशित एउटा शोक–समाचारमा पुगेर टक्क रोकिए । सो सन्देश देखेर उनी आश्चर्यचकित भए । किनकि, त्यहाँ मृत्यु हुने व्यक्तिको स्थानमा उनैको नाम छापिएको थियो । आफ्नै मृत्युको समाचार पढ्दा उनी आश्चर्यचकित र भयभीत भए । उनका भाइको मृत्युको खबर दिँदै गर्दा पत्रिकाले भूलवश उनको मृत्युको समाचार दिएको थियो । उनले कसैगरी आफूलाई सम्हाले र मनमनै सोचे– ठिकै छ, मान्छेले कस्तो प्रतिक्रिया दिएछन्, हेरौँ न त । 

उनले प्रतिक्रिया पढ्न सुरु गरे । त्यहाँ फ्रेन्च भाषाको एउटा प्रतिक्रियामा लेखिएको थियो– ‘मृत्युका ठेकेदारको मृत्यु ।’ यो टिप्पणी उनका लागि सबैभन्दा ठूलो आघातको विषय बन्यो । उनले मनमनै आफैँलाई प्रश्न गरे– के मृत्युपछि मलाई मानिसले यसैगरी सम्झन्छन् त ?

यो घटना उनको जिन्दगीमा एउटा ‘टर्निङ प्वाइन्ट’ बन्यो । त्यसै दिनदेखि उनले विश्वशान्ति र समाज कल्याणका लागि काम गर्न सुरु गरे । डाइनामाइटका यी आविष्कारकले मृत्युअघि नै आफ्नो अकुत सम्पत्ति विज्ञान र समाज कल्याणका क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई पुरस्कार दिने कामका लागि दान दिए । ती महान् व्यक्तिको नाम थियो, अल्फ्रेड बर्नार्ड नोबेल । आज उनैको नाममा हरेक वर्ष विश्वकै सबैभन्दा प्रतिष्ठित नोबेल पुरस्कार प्रदान गरिँदै आएको छ ।

ad
ad