मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख ७ शुक्रबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ७ शुक्रबार १४:४९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

काठमाडौं विश्वविद्यालय र लिभरपुलबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ७ शुक्रबार १४:४९:oo

लिभरपुल माध्यमिक विद्यालयले काठमाडौं विश्वविद्यालयसँग सहकार्यसम्बन्धी सम्झौता गरेको छ।

गत मंगलबार एक कार्यक्रमबीच विश्वविद्यालयका शिक्षा विभाग प्रमुख प्रा.डा. बालचन्द्र लुइँटेल र विद्यालय शिक्षा सहायक डिन डा. हेमराज काफ्ले तथा विद्यालयका तर्फबाट निर्देशक नवीन चौहानले सम्झौतामा संयुक्त रूपमा हस्ताक्षर गरेका हुन्।

शैक्षिक गुणस्तर सुधार, विद्यार्थीमैत्री शिक्षा तथा प्रविधिमैत्री शैक्षिक पठनपाठनमा आफ्ना शिक्षकहरूलाई परिष्कृत गर्ने उद्देश्यका साथ सम्झौता गरिएको विद्यालयले जनाएको छ।

शैक्षिक सत्र २०८१ मा विद्यालयका शिक्षकशिक्षिकालाई पाठयक्रमका उद्देश्य, कार्ययोजना आदि क्षेत्रमा थप प्रभावकारी बनाई बालमैत्री शिक्षण गराउन सहकार्य गरिएको बतााइएको छ।