१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १९:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मटिहानीमा आगलागीबाट भएकाे क्षति पहिचान तथा पुनर्स्थापनाका लागि टोली परिचालन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:४o:oo

महोत्तरीको मटिहानीमा आगलागीबाट भएकाे क्षति पहिचान, राहत एवं पुनर्स्थापनाका लागि समन्वय गर्न टोली परिचालन गरिएकाे छ। 

महोत्तरीको मटिहानी नगरपालिका- ६, जरलहवा टोलमा आगलागी हुँदा नष्ट भएका घर संरचनाहरूका बारेमा वास्तविक अवस्था पहिचान गर्न तथा राहत एवं पुनर्स्थापनाका लागि सम्बन्धित निकायहरूसँग समन्वय र सहजीकरण गर्न प्राधिकरणका सहसचिवको नेतृत्वमा एक टोली परिचालन गरिएको हाे। 

प्राधिकरणका सहसचिव गोगनबहादुर हमालको संयोजकत्वको उक्त टोलीमा गृह मन्त्रालयका उपसचिव रमा आचार्य, प्राधिकरणका उपसचिव डा. डिजन भट्टराई र प्राधिकरणकै उपसचिव एवं डढेलो विज्ञ सुन्दर शर्मा छन्।

टोलीले क्षतिको पहिचानका साथै पीडितहरूलाई राहत तथा पुनर्स्थापनाका लागि संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहसँग आवश्यक समन्वय गरी आगामी दिनमा गर्नुपर्ने कार्यहरूका बारेमा सुझाव दिनेछ। साथै, जिल्ला विपत् व्यवस्थापन समितिलाई आवश्यक सहयोग तथा सहजीकरण गर्नेछ। 

जरलहवा टोलमा बुधबार दिउँसो १ बजेबाट सुरु भएको आगलागीमा परी ९१ कच्ची र नाैवटा अर्धपक्की गरी १०० वटा घर जलेको, ४५५ व्यक्ति प्रभावित भएको, पाँचवटा बाख्रा र दुईवटा सुँगुर जलेर नष्ट भएका छन्। 

प्रभावित परिवारलाई स्थानीय तह, स्थानीय प्रशासन र विभिन्न संघ-संस्थाबाट खाद्यान्न एवं आपतकालीन राहत सामग्री उपलब्ध गराइएको छ।

ad
ad