मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ चैत ३० सोमबार १०:४१:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

दुई अन्तरिक्षयात्रीको  नाम घोषणा

Read Time : < 1 मिनेट
२०७७ चैत ३० सोमबार १०:४१:००

संयुक्त अरब इमिरेट्सले दुईजना अन्तरिक्षयात्रीको नाम घोषणा गरेको छ । अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ । युएईका सेख मोहम्मद बिन रसिद अल मक्तोमले ट्विटरमार्फत दुई अन्तरिक्षयात्रीको नाम घोषणा गरेका हुन् । महिलामा नोउरा अल र पुरुषमा मोहम्मद अल रहेका छन् । सन् १९९३ मा जन्मिएकी नोउरा अल अबुधाबीस्थित नेसनल पेट्रोलियम कन्स्ट्रक्सन कम्पनीमा इन्जिनियर हुन् । 

यस अन्तरिक्षयात्रा कार्यक्रममा युएईका चार हजारभन्दा बढीले आवेदन दिएका थिए । यसबाट दुईजना छनोट गरिएको हो । छनोटमा परेका दुवैलाई अमेरिकाको टेक्सासस्थित नासाको जोन्सन स्पेस सेन्टरमा तालिम लिन पठाइनेछ । अन्तरिक्ष अभियानमा सफल भए नाउरा अन्तरिक्ष पुग्ने पहिलो अरबी महिलाका रूपमा चिनिनेछिन् ।

यसअघि इरानी–अमेरिकी महिला अनुसेह रैसायानले झन्डै दुई करोड डलर तिरेर पर्यटकको रूपमा सन् २००६ मा अन्तरिक्ष यात्रा गरेकी थिइन् ।  अन्तरिक्ष यात्रा गर्ने पहिलो मुस्लिम व्यक्ति साउदी अरबका राजकुमार सुल्तान बिन सल्मानले सन् १९८५ मा डिस्कभरी यानबाट अन्तरिक्ष यात्रा गरेका थिए ।