मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २७ शनिबार
  • Saturday, 10 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ६ बिहीबार ०६:०९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धनगढीको त्रिनगर कृषिहाटमा माछापुच्छ्रे क्युआर सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ६ बिहीबार ०६:०९:००

डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेको त्रिनगर कृषिउपज हाटबजारमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका निर्देशक सुवासचन्द्र घिमिरेले त्रिनगर हाटबजारमा क्युआर कोडमार्फत भुक्तानी गरी सेवाको सुरुवात गरेका हुन् । 

उक्त क्युआर कोड सेवा सुरु भएसँगै त्रिनगर हाटबजारमा तरकारी तथा फलफूल किन्नका लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल सञ्चालकलाई सीधै खातामा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

क्युआर कोड सेवाको सुरुवात गर्दै राष्ट्र बैंकका निर्देशक घिमिरेले काठमाडौंबाहिर रहेको कृषि बजारमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले सबै तहका उपभोक्तामा डिजिटल सेवाको पहुँच पुग्ने तथा बचत गर्ने बानी र समयको पनि सदुपयोग हुने बताएको बैंकले जनाएको छ । 

उनले गोलभेँडा तथा टपरी किनेर क्युआर कोडमार्फत भुक्तानी गरी सेवाको सुरुवात गरेका थिए । उक्त बजारका सबैजसो पसलमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा सुरु भइसकेको जनाइएको छ । 

बैंकका नायब महाप्रबन्धक सर्जुकुमार थापाले माछापुच्छ्रे बैंक देशका हरेक तह र तप्कामा परिष्कृत र परिमार्जित सेवा प्रदान गर्न हरदम तत्पर रहेको बताएको बैंकले जनाएको छ । स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा–सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको र यो सेवा त्यसैको निरन्तरता भएको बैंकले जनाएको छ ।