मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी म्यानमार
२०७७ माघ २४ शनिबार १४:५३:००
Read Time : > 1 मिनेट
फिचर

सैन्य ‘कु’को विरोधमा म्यानमारमा पहिलोपटक हजारौँ प्रदर्शनकारी सडकमा उत्रिए

Read Time : > 1 मिनेट
एजेन्सी म्यानमार
२०७७ माघ २४ शनिबार १४:५३:००

म्यानमारको सेनाको ‘कु’विरुद्ध हजारौँ सर्वसाधारणले यांगुन सहरमा विरोध प्रदर्शन गरेका छन् । गत सोमबार यहाँको सेनाले प्रजातान्त्रिक सरकारलाई ‘कु’ गरेर सत्ता कब्जा गरेको थियो । सत्ता हातमा लिएपछि म्यामारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेतालाई नजरबन्दमा राखेको छ । सेनाले नजरबन्दमा राखेका सबैलाई मुक्त गर्नुपर्ने र शासनसत्ता हालै निर्वाचित सरकारलाई हस्तान्तरण गर्नुपर्ने प्रर्दशनकारीहरूको माग छ । यसरी म्यानमारको मुख्य सहरमै सेनाको विरोध गर्दै सर्वसाधारण प्रदर्शनमा उत्रिएको पहिलोपटक हो ।
प्रदर्शनमा सहभागीहरूले शैन्य तानाशाह, असफल असफल... । प्रजातन्त्र विजयी विजयी...भन्दै सेनाको विरोध गरेका थिए । उनीहरूले नोबेल शान्ति पुरस्कारद्वारा सम्मानित आङ सान सुकी र नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)का नेताहरूलाई तत्काल नजरबन्दबाट मुक्त गर्न चेतावनी दिएका थिए ।  प्रदर्शनकारीहरूले ‘सैन्य तानाशाहविरुद्ध’ लेखेको ब्यानर अग्रभागमा राखेका थिए । धेरैजसो सहभागीले एनएलडी संकेत गर्ने रातो रङ र केहीले रातो झन्डा बोकेका थिए ।

प्रदर्शनमा सहभागीहरूले शनिबार समाजिक सञ्जालमा राखेको तस्बिर र भिडियोहरूमा उनीहरूलाई प्रहरीले रोक्दै गरेको देखिन्छ । प्रहरीको अवरोधबीच उनीहरू अघि बढिरहेका थिए । उनीहरूले हातका तीनवटा औँलाले सलाम गर्दै शान्तिपूर्ण ढंगले नाराबाजी गरेका दृश्यहरू देख्न सकिन्छ । सडकमा गुडिरहेका निजी तथा सार्वजनिक बसका चालकले पनि प्रदर्शनकारीलाई समर्थन गर्दै हर्न बजाइरहेका थिए ।

म्यानमारको सैन्य सरकारले भने विरोधको आवाज दबाउन सामाजिक सञ्जाल फेसबुकसहितका मिडियालाई अस्थायी रूपमा बन्द गरेको छ । ‘सैन्य प्रशासनले इन्टरनेट सेवा प्रवाह गर्ने कम्पनीहरूलाई  ट्विटर र इन्स्टाग्राम अर्को सूचना नआएसम्म रोक्न आदेश दिएको छ ।’ नर्वेजियन मोबाइल फोन कम्पनीका प्रतिनिधि तेलेनोर एसले भने । यसकारण यहाँका सर्वसाधारणले मोबाइल डाटाले भिपिएनमार्फत सामाजिक सञ्जाल र समाचार साइटहरू सञ्चालन गरिरहेका छन् । ‘हाम्रो स्वतन्त्रता गुमेको छ । न्याय र प्रजातन्त्र तत्काल चाहियो ।’ ट्विटर प्रयोगकर्ता एकजनाले लेखका छन्,‘कृपया म्यानमारको आवाज सुनौं । ’

एम्नेस्टी इन्टरनेसनलले पनि शनिबार एक विज्ञप्ति जारी गर्दै इन्टरनेट र सामाजिक सञ्जालमाथिको अवरोधलाई त्रसित र जंगली मानसिकता भनेको छ । एम्नेस्टी कार्यालय एसियाका प्रमुख मिङ यु हाले भनेका छन् ‘सत्ता कुपछि इन्टरनेटमाथि अवरोध हुनु मानवीय संकट सिर्जना गर्नु हो ।’ उनले सैन्य सरकारलाई टेलिकम्युनिकेसन तत्काल पुनर्स्थापना गर्न र नागरिकका अधिकारमाथि हस्तक्षेप नगर्न चेतावनी दिएका छन् ।

गत ८ नोभेम्बरमा सम्पन्न निर्वाचनको परिणाम अस्वीकार गर्दै म्यानमारका सैन्य जनरल मिन आङ लायङले गत सोमबार एनएलडी नेतृत्वको सरकारले सञ्चालन गर्दै आएको सत्ता कब्जा गरेको थियो ।