मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १७ शनिबार ०७:०५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गुणस्तरीय पर्यटक भित्र्याउन ध्यान दिऔँ : गोल्छा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १७ शनिबार ०७:०५:००

महासंघको पर्यटन तथा हवाई उड्डयन समिति विस्तार

पर्यटन सम्भाव्यताको सही अर्थमा बजारीकरण गर्न सकेमा धेरै लाभ उठाउन सकिने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए । मुलुकमा गुणस्तरीय पर्यटक भित्र्याउने अथाह सम्भावना भएको बताउँदै उनले सशक्त बजारीकरणमा जोड दिनुपर्ने बताएका छन् । 

शुक्रबार ज्योत्सना श्रेष्ठको नेतृत्वमा गठन भएको महासंघको पर्यटन तथा हवाई उड्डयन समितिलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले संख्यामा ध्यान दिँदा लाभ उठाउन नसकिएको धारणा व्यक्त गरे । उनले पर्यटनको बजारीकरण गरी गुणस्तरीय पर्यटक भित्र्याउन महासंघको पर्यटन तथा हवाई उड्डयन समितिले विशेष भूमिका निर्वाह गर्नुपर्ने सुझाब दिए । उनले थपे, ‘नेपालमा अथाह सम्भाव्यता छ, हाम्रा प्रोडक्टहरू पनि पर्याप्त छन् । तर, हामी त्रिकोणीय क्षेत्र (पोखरा–काठमाडौं–चितवन) भित्रै हरायौँ, अब हामीले नयाँ–नयाँ गन्तव्यहरूलाई उजागर गर्दै प्रचार–प्रसार गरेर पर्यटक तान्नुपर्छ ।’ 

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडले धराशायी भएको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन समितिले महत्वपूर्ण पहलकदमी गर्ने बताउँदै त्यसका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाए । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न महासंघका सबै सदस्यहरूलाई विशेष छुट दिने स्किम होटेल, रिसोर्ट, लजहरूले ल्याउनुपर्ने सुझाब दिए । 

श्रेष्ठको सभापतित्वमा गठित पर्यटन तथा हवाई उड्डयन समितिले शुक्रबार पूर्णता पाएको छ । समितिको सह–सभापतिमा नाटाका अध्यक्ष अच्युत गुरागाईं, नेपाल टुरिजम बोर्डकी निर्देशक नन्दिनी लाहे थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदी चयन भएका छन् । समितिका सदस्यहरूमा महासंघका कार्यकारिणी सदस्य पुष्पराज कुँवर, नेपाल वायुसेवा निगमका निर्देशक जनकराज कालाखेती, आइएमई ट्राभल्सका सिइओ रुद्रप्रसाद सापकोटा, र्‍याडिसन होटेलका महाप्रबन्धक अनिलदास श्रेष्ठ र पाटाका अध्यक्ष विभूतिचन्द ठाकुर चयन भएका छन् । यस्तै, सल्लाहकारमा डोल्मा कन्सल्टेन्सीका हेड अफ प्राक्टिस टुरिजम उपल मजुमदार र महासंघको कार्यकारिणी समितिका पूर्वसदस्य रामशरण थपलिया चयन भएको महासंघ सचिवालयले जनाएको छ । 

समितिका आमन्त्रित सदस्यहरूमा मेरियट होटेलका निर्देशक गौरव अग्रवाल, कतार एयर लाइन्सका देशीय निर्देशक मोहमद इमाम, यती एयरलाइन्सका सिइओ अनोज रिमाल, डोल्पा उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य जितेन्द्र झाँक्री, होटेल स्नेहाका महाप्रबन्धक देवांश राणा, होटेल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अमृत भुजेल, ललितपुर उद्योग वाणिज्य संघका सदस्य अपुलाल अवाले, बुद्ध रिजेन्सी प्रालिका प्रबन्ध निर्देशक नरेन्द्र गुप्ता, अर्जुन ज्वेलरीका मोहन शाह, जुम्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटा, होटेल मेची क्राउनका साम्राज्यमान श्रेष्ठ, होटेल एसोसिएसन नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, अलफ्ट ठमेलका निर्देशक निश्चल प्रधान, कुरियर सर्भिस एसोसिएसनका उपाध्यक्ष दुर्गाप्रसाद सुवेदी र होटेल इस्टर्नका भवेश श्रेष्ठ चयन भएका छन् ।