मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ७ बुधबार २१:१३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय महिला लिग फुटबल : आर्मी र पुलिस बराबरीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ७ बुधबार २१:१३:००

दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा गोलरहित बराबरी खेलेका छन् । 

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलबाट दुवै टोलीले अंक बाँडेका हुन् । दुवै टोलीले गोलका लागि प्राप्त केही राम्रा अवसर खेर फालेका थिए । बराबरीको नतिजामा दुवै टोली सन्तुष्ट देखिए । 

नेपाल पुलिस क्लबका प्रशिक्षक सन्जिभ जोशीले भने, ‘हामीले पछिल्लो दुई महिनादेखि तयारी गरेका थियौँ । खेलाडीले राम्रै खेलेका हुन् । यद्यपि, अझै सोचेजस्तो भएन । आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेको छु ।’

आर्मीका प्रशिक्षक राजु तामाङले भने, ‘स्ट्राइकरहरूले प्राप्त अवसरलाई सदुपयोग गर्न सकेनन् । त्यसैले अंक बाँड्न बाध्य भयौँ । यद्यपि, हामी यो नतिजामा खुसी छौँ ।’ प्रतियोगिताको बुधबार नै उद्घाटन गरिएको हो । नेपाल पुलिस क्लबकी पूजा राना उत्कृष्ट खेलाडी चुनिइन् ।

प्रतियोगिताअन्तर्गत बिहीबार दुई खेल हुनेछन् । पहिलो खेलमा विभागीय टोली एपिएफ र चन्द्रपुर नगरपालिका भिड्ने छन् । यस्तै, दिनको दोस्रो खेलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले खेल्नेछन् ।