१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार २o:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आर्मीको लगातार दोस्रो जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २o:४७:oo

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको आफ्नो दोस्रो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ८० रनले पराजित ग¥यो । 

जितसँगै आर्मीले समूह ‘ए’मा महत्वपूर्ण चार अंक बटुलेको छ । पाँच टोली रहेको समूह ‘ए’मा आर्मी शीर्ष स्थानमा छ । मूलपानीस्थित क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको आर्मीले राष्ट्रिय टोलीका पूर्वखेलाडी अनिल मण्डलको महत्वपूर्ण योगदानमा ४३.१ ओभरमा एक सय ९५ रनको योगफल तय गरेको थियो । 

आर्मीका लागि अनिलले ८९ रनको योगदान दिएका थिए । उनले आफ्नो इनिङमा १४ चौका प्रहार गरेका थिए । उनीबाहेक कप्तान विनोद भण्डारीले ४१, राजेश पुलामीले १६, लोकेश बमले १३ र रोहित पौडेलले ११ रनको योगदान दिए । 

जवाफी ब्याटिङमा आएको कर्णाली ३३.३ ओभरमा एक सय १५ रनमै समेटिन पुगेको थियो । उसका लागि कप्तान रविन्द्र शाहीले ३० रनको योगदान दिए । अन्य खेलाडीको प्रदर्शन उल्लेखनीय रहेन । कर्णालीलाई सस्तो योगफलमा समेट्न आर्मीका सुसन भारी एक्लैले चार, शाहब आलमले तीन र रोहितले दुई विकेट लिए । आर्मीले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई पराजित गरेको थियो । 

प्रतियोगिताअन्तर्गत आइतबार नै भएको अर्काे खेलमा बागमती प्रदेशले साबिक विजेता नेपाल पुलिस क्लबलाई सात विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपाल पुलिस २९.३ ओभरमा एक सय ११ रनमै रोकिएको थियो । 

राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको बागमतीले ३४.४ ओभरमा मात्रै तीन विकेट गुमाएर जित भेट्टाएको हो । बागमतीलाई विजयी बनाउन पृथ्यु बाँस्कोटाले अविजित ४८ रनको योगदान दिए । उनले आफ्नो इनिङमा तीन छक्का र पाँच चौका प्रहार गरेका थिए । 

यस्तै, इशान पाण्डे १७ रनमा अविजित रहँदा पारस खड्काले पनि १७ रन नै जोडे । आदिल खानले १२ रन जोडे । 

पुलिसका लागि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान २१ रनको योगदान दिएका थिए । प्रारम्भिक ब्याट्सम्यानद्वय सुनिल धमला र कुशल भुर्तेल समान १७ रनमा आउट भएका थिए । पुलिसलाई सहज योगफलमा समेट्न बागमतीका नन्दन यादव र तिलक भण्डारीले चार–चार विकेट लिएका थिए ।
 

ad
ad