
दक्षिण अल्जेरियामा बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा २० जनाको ज्यान गएको छ । साथै दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।
स्थानीय सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार दुर्घटनामा अफ्रिकाली देशहरूका १९ विदेशी परेका छन् ।
दुर्घटनाग्रस्त बसमा एक अल्जेरी चालक तथा ३० जना विदेश नागरिक सवार रहेका जनाइएको छ । समाचारको विस्तृत विवरण आउन बाँकी छ ।