दक्षिण अल्जेरियाकाे सडक दुर्घटनामा २० को मृत्यु, ११ घाइते

शुक्रबार, १७ पुष, २०७७
डिजिटल संस्करण

दक्षिण अल्जेरियामा बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा २० जनाको ज्यान गएको छ । साथै दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

स्थानीय सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार दुर्घटनामा अफ्रिकाली देशहरूका १९ विदेशी परेका छन् ।

दुर्घटनाग्रस्त बसमा एक अल्जेरी चालक तथा ३० जना विदेश नागरिक सवार रहेका जनाइएको छ । समाचारको विस्तृत विवरण आउन बाँकी छ । 

सुझावित समाचार