१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष ३ शुक्रबार ०६:००:००
Read Time : < 1 मिनेट
अर्थ

मलेसियाको प्रोटोन गाडी देशभर बिक्रीको तयारीमा जगदम्बा मोटर्स

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष ३ शुक्रबार ०६:००:००

मलेसियामा निर्मित गाडी प्रोटोनको नेपालका लागि आधिकारिक विक्रेता नियुक्त भएपछि जगदम्बा मोटर्सले यसको बिक्रीका लागि देशभर सञ्जाल विस्तारको काम गरिरहेको छ । हालसम्म २ चक्के र ३ चक्के गाडी मात्र बिक्री गरिरहेको कम्पनी ४ चक्के गाडी बिक्री गर्ने क्षेत्रमा प्रवेश गरेपछि तयारी तीव्र बनाएको हो । 

कम्पनीले छिट्टै नै काठमाडौंको सोरुमबाट प्रोटोन साँगा गाडी बिक्री सुरु गर्ने जनाएको छ । आउँदा दिनमा सेवा–सुविधालाई थप विस्तार गर्दै पोखरा, विराटनगर, वीरगन्ज, धनगढी, नेपालगन्ज, इटहरीलगायतका मुख्य सहरमा आफ्नो डिलर र सर्भिस सेन्टर सुचारु गर्ने दीर्घकालीन रणनीति बनाएको कम्पनीले जनाएको छ । यसका साथै प्रोटोनका अन्य चर्चित मोडलहरू पनि ग्राहकका चाहना र मागबमोजिम क्रमबद्ध रूपमा नेपाली बजारमा ल्याउने कम्पनीको दाबी छ । 

विभिन्न क्षेत्रका उद्योग तथा व्यवसायमा संलग्न हुँदै आएको व्यापारिक घराना शंकर ग्रुुपको मातहतमा रहेको जगदम्बा मोटर्सले प्रोटोनमार्फत नेपाली ग्राहकको ४ चक्के गाडीप्रतिको बढ्दो चाहनालाई पूर्ति गर्न सफल रहने विश्वास व्यक्त गरेको छ । 

यसअघि नै टिभिएसको स्वामित्व ग्रहण गरेर नेपाली अटोमोबाइल बजारमा यसको अस्तित्व बरकरार राख्दै विस्तार गराएर अग्रस्थानसम्म ल्याइपुर्‍याउन निर्णायक भूमिका खेलेको कम्पनीको दाबी छ । टिभिएसमार्फत जगदम्बा मोटर्सको सफलतापछाडि यसको गुणस्तरीय सेवा र देशैभरि फैलिएका डिलरमार्फत स्तरीय ग्राहक सेवा र सम्बन्ध प्रमुख कारण रहेको कम्पनीको भनाइ छ ।