१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रासस/एएफपी
२o८१ बैशाख ३१ सोमबार १५:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व

पुटिनद्वारा बाइडेनलाई बधाई, सहकार्यका लागि तयार 

Read Time : < 1 मिनेट
रासस/एएफपी
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:४o:oo

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले औपचारिक रूपमै अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई दिएका छन् । विश्वव्यापी सुरक्षालाई प्रवर्द्धन गर्ने गरी आफूहरूबीचका मतान्तरलाई थाती राखेर दुवै देशले मिलेर कार्य गर्न आफू इच्छुक रहेको राष्ट्रपति पुटिनले मंगलबार बताएका हुन् । 

राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति निर्वाचित बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै सहकार्य र सम्पर्क स्थापित गर्न तत्पर रहेको बताएका छन् । 

राष्ट्रपतिको कार्यालय क्रेमलिनले सार्वजनिक गरेको विज्ञप्तिमा रुस र अमेरिकाको काँधमा विश्वको सुरक्षा र स्थायित्व कायम राख्न विशेष जिम्मेवारी रहेको उल्लेख छ । 

विश्वका प्रमुख नेताहरूमध्ये रुसी राष्ट्रपति अन्तिमतिर जो बाइडेनलाई बधाई दिने विश्व नेता हुन् । सोमबार मात्र अमेरिकी इलेक्टोरल कलेजले बाइडेनको जितलाई सुनिश्चित गर्ने गरी औपचारिक रूपमा मतदान गरेको थियो ।

तर, अमेरिकी राष्ट्रपति निर्वाचित बाइडेनले रुसविरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा पनि कडा नीति अख्तियार गर्ने अनुमान गरिएको छ । चुनावी अभियानका क्रममा बाइडेनले पुटिनसमेतका विश्वका धेरै तानाशाहलाई ट्रम्पले समर्थन र साथ दिएको बताउँदै आएका थिए ।  
 

ad
ad