मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर २६ शुक्रबार
  • Thursday, 10 July, 2025
२o७७ मङ्सिर २६ शुक्रबार १४:१५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा एकैदिन थपिए २९ हजारभन्दा बढी संक्रमित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर २६ शुक्रबार १४:१५:oo

भारतमा बिहीबार थप २९ हजार तीन सय ९८ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस सङ्क्रमितको संख्या ९७ लाख ९६ हजार सात सय ६९ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । 

जसमध्ये ९२ लाख ९० हजार ८३४ जना संक्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल तीन लाख तीन ६३ हजार सात सय ४९ व्यक्ति अझै सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार ३३औँ दिन हो । 

भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप चार सय १४ जनाको मृत्यु भएको र योसहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४२ हजार एक सय ८६ पुगेको छ । 

भारतको राजधानीसमेत रहेको दिल्ली कोरोना भाइरसबाट अत्यन्त प्रभावित भएको छ । यहाँ गत २४ घन्टामा १५ सय ७५ व्यक्ति कोरोना संक्रमित भएका र संक्रमणको कारण ६१ जनाको मृत्यु भएको छ ।  

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १५ करोड १६ लाख ३२ हजारको नमुना परीक्षण गरेको जनाएको छ ।  बिहीबार एकै दिनमा आठ लाख ७२ हजार चार सय ९७ जनाको नमुना परीक्षण भएको थियो ।