मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर १६ मंगलबार
  • Saturday, 12 July, 2025
रासस/एएनआई
२o७७ मङ्सिर १६ मंगलबार १४:१३:oo
Read Time : < 1 मिनेट
विश्व

क्रोएसियाका प्रधानमन्त्रीलाई पनि कोरोना संक्रमण

Read Time : < 1 मिनेट
रासस/एएनआई
नयाँ पत्रिका
२o७७ मङ्सिर १६ मंगलबार १४:१३:oo

 क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोना भाइरसबाट संक्रमित भएका छन् । गत शनिबार उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो । उनलाई पनि संक्रमण पुष्टि भएपछि अहिले १० दिनका लागि सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरूले जानकारी दिएका छन् । उनलाई पहिलोपटक परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । तर, स्वास्थ्यकर्मीहरूले फेरि परीक्षण गर्न सुझाब दिएपछि पुनः परीक्षण गर्दा पजिटिभ देखिएको हो । 

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनले घरबाटै आफ्ना काम गरिरहेको अधिकारीहरूले बताएका छन् । उनले आइसोलेसनमा बसेर कोरोनासम्बन्धी आधारभूत स्वास्थ्य सतर्कता पालना गरेको उनका सहयोगीहरूले जानकारी दिएका छन् ।