मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर १५ सोमबार
  • Tuesday, 15 July, 2025
एजेन्सी
२o७७ मङ्सिर १५ सोमबार १६:o१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७७ मङ्सिर १५ सोमबार १६:o१:oo

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्ने क्रममा खुट्टा मर्किएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । 

बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको र उनलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्न सक्नेछ । 

बाइडेनलाई डेलावेयरस्थित नेवार्क अस्पतालमा शनिबार उपचारका लागि भर्ना गरिएको थियो । 

बाइडेनका चिकित्सक केभिन ओ–कोन्नोरले एक विज्ञप्ति प्रकाशन गरी प्रारम्भिक एक्स–रे गर्दा हड्डी भाँचिएको नदेखिएको बताएका छन् । तर, उनको खुट्टाको सिटी स्क्यान गर्न लागिएको पनि डा. केभिनले बताए । 

बाइडेनको उमेर हाल ७८ वर्ष रहेकाले पनि स–सानो दुःखाइ पनि जटिल हुन सक्दछ । 

राष्ट्रपति निर्वाचित बाइडेनले आगामी वर्ष जनवरी २० मा राष्ट्रपतिको शपथ लिँदै छन् । उनी अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्दै छन् । 

बाइडेन अस्पतालमा जाँदा खुट्टा खोच्याउँदै हिँडे पनि वैशाखी वा अन्य कुनै सहायता लिएका छैनन् । 

राष्ट्रपति निर्वाचित बाइडेन परिवारमा दुईवटा कुकुर छन् । उनीहरूले दुवैलाई ह्वाइटहाउस लैजाने यसअघि नै बताइसकेका छन् ।