१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार २o:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

बहुमूल्य जडीबुटीकाे चोरी बढेपछि पालाे लाएर चोर लखेट्छन् नेप्कावासी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २o:४१:oo

हुम्ला चखेली गाउँपालिका- ५ को उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी बढेको छ।

सम्बन्धित निकायको उदासीनताका कारण लेकाली भेगबाट मुगु, जुम्ला र हुम्ला जिल्लाका केही गाउँपालिकाबाट अवैध रूपमा जडीबुटी चोरी निकासी बढेको हो । 

चखेली गाउँपालिका–५ को नेप्का गाउँका विभिन्न क्षेत्र टाँके, माडिभिटा, फुने, निलिगलगायतका स्थानबाट जडीबुटी चोरी भएको स्थानीयले बताए । 

बहुमूल्य जडीबुटी चोरी हुन थालेपछि सिगो गाउँका स्थानीय पालो गर्दै रक्षक बस्न थालेका छन् । 

मुगु र जुम्ला जिल्लाबाट ठेकेदारले कुल्ली लगाएर बहुमूल्य जडीबुटी जटामसी, कटुकीकाे चोरी निकासी गरेको स्थानीयको आरोप छ । 

विभिन्न  स्थानमा जडीबुटी चोरी निकासीलाई सिंगो गाउँका स्थानीय मिलेर लखेटेको वडाध्क्षय भैरव तामाङले जानकारी दिए ।

नेप्का गाउँका विभिन्न ठाउँबाट सयौँ क्विन्टल कटुकी चोरी भएपछि गाउँका ६६ घरधुरी मिलेर विभिन्न स्थानमा जडीबुटी जोगाउन वन रक्षक बस्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष तामाङले बताए । 


 

ad
ad