मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एपी मेलबर्न
२०७७ कार्तिक १२ बुधबार १५:१०:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अष्ट्रेलियाको मेलबर्नमा साढे तीन महिनापछि लकडाउन अन्त्य

Read Time : < 1 मिनेट
रासस/एपी मेलबर्न
२०७७ कार्तिक १२ बुधबार १५:१०:००

अष्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्नमा कोरोना महामारीका कारण गरिएको लकडाउन एक सय ११ दिनपछि बुधबार अन्त्य भएको छ ।  

यो लकडाउन अन्य ठाउँमा लगाइएकोभन्दा लामो भएको अधिकारीहरूले बताएका छन् । 

लकडाउन खुला गरेपछि स्थानीय बासिन्दाले राहत र सहजता महसुस गरेको समाचारमा जनाइएको छ ।  

‘कठिन यात्रा सकिएको छ, धेरै लामो समय बिताउन गाह्रो भएको थियो,’ लकडाउन खुलेपछि मेलबर्नका एक स्थानीयले भने । 

भिक्टोरिया राज्य सरकारले लकडाउन अन्त्य गर्ने घोषणा गरेसँगै यस क्षेत्रका व्यापारिक प्रतिष्ठानहरू खुला भएका छन् । उनीहरूले कारोबार गर्न थालेका छन् भने कामदारहरूले काम गर्न पाएका छन् ।

लकडाउन खुला गरिए पनि सडकमा भिडभाड नगर्न र मास्क लगाएर मात्र हिँड्न भनिएको छ । त्यसैगरी घरदेखि २५ किलोमिटर टाढा जान नपाइने व्यवस्था गरिएको छ । 

सरकारी अधिकारीहरूले सकेसम्म घरबाटै काम गर्ने वातावरण बनाउन पनि सबैलाई आह्वान गरेका छन् ।