मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ९ आइतबार २०:२६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आरसिबीविरुद्ध चेन्नई ८ विकेटले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ९ आइतबार २०:२६:००

युएईमा जारी १३औँ सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेंग्लोर (आरसिबी)विरुद्ध चेन्नई सुपर किंग्स (सिएसके) ८ विकेटले विजयी भएको छ ।

आरसिबीले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याएको सिएसकेले १८‍.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो ।

उसका लागि ऋतुराज गायकवाडले अविजित ६५, अम्बाती रायडुले ३९, फाफ डुप्लेसिसले २५ र कप्तान महेन्द्रसिंह धोनीले नटआउट १९ रन बनाए ।

बलिङमा आरसिबीका क्रिस मोरिस र युजवेन्द्र चहलले एक–एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको आरसिबीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ४५ रन बनायो ।

उसका लागि कप्तान विराट कोहलीले ५०, एबी डिभिलियर्सले ३९, देवदत्त पाडिक्कलले २२, आरोन फिन्चले १५ रन बनाए ।

बलिङमा २१ वर्षीय साम करनले उत्कृष्ट प्रदर्शन गरे । उनले ३ ओभरमा १९ रन दिएर महत्वपूर्ण ३ विकेट लिए ।

करनले आरोन फिन्च, विराट कोहली र मोइन अलीलाई आउट गरे । त्यस्तै, दीपक चाहरले २ र मिचेल सान्टनरले एक विकेट लिए ।

जारी सिजनमा सिएसकेको यो चौथो जित हो । उसले १२ खेलमा ८ खेलमा हारको सामना गरेको छ । जारी सिजनमा आरसिबीको यो चौथो हार हो ।