१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका कास्की
२०७६ पौष २३ बुधबार २०:२४:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश सभा सदस्य दवाडीले सुविधाको रकम सामाजिक काममा खर्चिए  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कास्की
२०७६ पौष २३ बुधबार २०:२४:००

गण्डकी प्रदेश सभाका सदस्य प्रकाशचन्द्र दवाडीले आफनो तलब भत्ता सामाजिक काममा खर्च गरेको जनाएका छन् ।

०७४ पुसमा प्रदेश सभा सदस्यमा गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचत प्रकाशचन्द्र दवाडीले आफनो दुई वर्षको तलव भत्ता वापत रकममा व्यक्तिगत रकम समेत थपेर समाजिक काममा खर्च गरेको जानकारी दिएका हुन । बुधवार पोखरामा पत्रकार सम्मेलन गदै दवाडीले २२ पुस ०७४ देखी २२ पुस ०७५ सम्म पाएको ७ लाख ३० हजार रुपैयाँ तलव भत्तामा व्यक्तीगत ४ लाख ९० हजार रुपैया थप गरि १२ लाख २० हजार रुपैयाँ खर्च गरेको जानकारी दिए । 

यसै गरि २२ पुस ०७५ देखी २२ पुस ०७६ सम्म पाएको ६ लाख ७९ हजार रुपैयाँ तलव भत्तामा व्यक्तीगत २ लाख ६० हजार थप गरि ९ लाख ३९ हजार रुपैया खर्च गरेको जानकारी दिए । यी दुवै वर्षको गरि २१ लाख ६१ हजार रुपैयाँ सामाजिक काममा खर्च गरेको उनले बताए । 

व्यवसायि समेत रहेका उनले प्रदेश सभा सदस्यको शपथ लिएसगै सरकारी सेवा सुविधा बापतको रकम निर्वाचन क्षेत्रमा खर्चिने प्रतिबद्धता जनाएका थिए । उनले  आफ्नो व्यवसायवाट कमाएको मुनाफाको निश्चित हिस्सा कटाएर आफनो निर्वाचन क्षेत्र सगै जिल्लाका अन्य भागमा शिक्षा, स्वास्थ्य र कृषि सडकमा खर्च गरेको कार्यक्रममा जानकारी दिए । 
रकम अभावमा उपचार गर्न  नपाएकाहरुलाई उपचार, विभिन्न विद्यालयहरुका लागि आर्थिक सहयोग, एम्बुलेन्स खरिद, आमा समूहको भवन सगै फर्निचर, वाटो, छात्रबृत्री, खानेपानी  लगायतका काममा खर्च गरेको जानकारी दिए ।