१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २९ बिहीबार
  • Saturday, 24 May, 2025
२o८o चैत २९ बिहीबार १५:३४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गण्डकीलाई मध्यावधिमा जान दिँदैनौँ : मुख्यमन्त्री अधिकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २९ बिहीबार १५:३४:oo

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशलाई मध्यावधिमा जान नदिने बताएका छन्। नेकपा एमाले बागलुङको नवौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री अधिकारीले प्रदेश सरकारलाई एमालेले मध्यावधिमा जान नदिने बताएका हुन्।

गण्डकी प्रदेशमा सात मन्त्रालयबाट नाै मन्त्रालय बनाउने निर्णय गरी बागलुङ पुगेका मुख्यमन्त्री अधिकारीले केही राजनीतिक दलले प्रदेशलाई मध्यावधिमा जाने वातावरण सिर्जना गर्न खोजे पनि त्यसलाई रोक्ने प्रयास आफूहरूले गर्ने बताए।

‘प्रदेश सरकार गठन प्रक्रियाका विरुद्धमा मध्यावधि गराउने कोसिसका साथ मुद्दा–मामिला गरेका छन्। संविधानमा भएको व्यवस्थालाई हामीले मान्नुपर्छ। सोहीअनुसार अगाडि बढेका छौँ,’ मुख्यमन्त्री अधिकारीले भने, ‘हामी प्रदेशलाई मध्यावधिमा जाने वातावरणबाट रोक्ने प्रयास गर्नेछौँ। यदि मध्यावधिमा गयो भने आउँदो निर्वाचनमा अन्य दलले पानी पनि भन्न पाउँदैनन्।’

गण्डकीमा मध्यावधि भए पनि हार्ने छुट कसैलाई नभएको अधिकारीले बताए। ‘अबको चुनावमा नेकपा एमालेको बहुमत हुनेछ। हार्ने कसैलाई छुट हुनेछैन,’ अधिकारीले थपे, ‘सकेसम्म हामी अहिलेकै अवस्थामा चार वर्ष सहजपूर्वक प्रदेश सरकारलाई सञ्चालन गर्नेछौँ। चुनावमा नै जानुपरेमा हाम्रै बहुमत हुनेछ। त्यसैले संगठन सुदृढीकरणका लागि तपाईंहरू लाग्नुहोस्।’

नेपालमा कम्युनिस्ट पार्टीले नै समाजवाद ल्याउने दाबी गर्दै उनले उच्च सोचाइ र उच्च दृष्टिकोणका साथ काम गर्न कार्यकर्तालाई आग्रह गरे। उनले एकजुट भएर सर्वसम्मत रूपमा जिल्ला अधिवेशनलाई टुंग्याउन आग्रहसमेत गरे।