१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ५ सोमबार
  • Tuesday, 24 June, 2025
२o८o चैत ५ सोमबार १७:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नवनियुक्त मन्त्री राजीव गुरुङले लिए शपथ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत ५ सोमबार १७:२२:oo

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। दीपक मनाङे भनिने सांसद राजीव गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाे जिम्मेवारी दिँदै मुख्यमन्त्री पाण्डेले आज मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

गत निर्वाचनमा मनाङ प्रदेश ‘२’ बाट स्वतन्त्र उम्मेदवारी दिएका गुरुङ निर्विरोध निर्वाचित भएका थिए। त्यसपछि एकीकृत समाजवादीमा प्रवेश गरे पनि उनले हालै फेरि एकीकृत समाजवादी त्यागेकाे घाेषणा गरेका थिए। 

गुरुङ प्रदेश सभाको अघिल्लो कार्यकालमा पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकारमा खेलकुद तथा युवामन्त्री भएका थिए।

६० सदस्यीय गण्डकी प्रदेश सभामा हाल कांग्रेसका २७, एमालेका २२, माओवादीका आठ (सभामुखसहित), राप्रपाका दुई र एकीकृत समाजवादीका एक सांसद छन्।