१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

गण्डकीका दुई जिल्लामा क्रिकेट रंगशाला निर्माण हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:४४:oo

गण्डकी प्रदेश सरकारले दुई जिल्लामा प्रदेशस्तरीय क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नवलपुरको कावासोती नगरपालिका वडा २ नवदुर्गा र तनहुँ शुक्लागण्डकी वडा ८ गाउँफर्कोदय माविस्थित खेल मैदानमा प्रदेशस्तरीय क्रिकेट खेल मैदान निर्माण गर्ने निर्णय गरेको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताएका छन् ।

उनका अनुसार प्रदेशस्तरीय र अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढाउन परिषद्ले प्रदेशका ६ स्थान छनोट गरिएको थियो । मन्त्रिपरिषद् बैठकले दुई स्थानमा प्रदेशस्तरीय रंगशाला निर्माण गर्ने निर्णय गरेको शर्माले जानकारी दिए ।

प्रादेशिक रंगशाला निर्माणका लागि एकदेखि अर्को रंगशालाबीचको दूरी कम्तीमा ४० किमिभित्र हुुनुपर्ने प्रावधान छ । जसअनुसार नवलपुरको कावासोतीस्थित नवदुर्गा खेल मैदान चितवनको गौतमवुद्ध क्रिकेट रंगशालाबाट ४० किमिभित्र रहेको छ । गाउँ फर्कोदयको मैदान पोखरा क्रिकेट रंगशालाबाट ४० किमि सीमाभित्र पर्ने भएकाले आवश्यक प्रक्रिया पूरा गरेर निर्माण गर्ने निर्णय मन्त्रिपपिरषद्ले गरेको हो । 

मैदान निमार्णका लागि कावासोतीमा दुई सय र गाउँ फर्कोदयमा एक सय ७३ रोपनी जग्गाको समेत स्वीकृति प्राप्त भएको जानकारी दिँदै शर्माले चालू आर्थिक वर्ष सरकारले ४० लाख रुपैयाँ विनियोजन भएको छ । सोही रकमबाट निर्माण प्रक्रिया सुरु गर्ने उनले जानकारी दिए ।

ad
ad