मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
२o८३ असोज १५ बिहीबार १५:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

५९.६८० ग्राम खैरो हेरोइनसहित सिन्धुलीबाट एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार १५:३८:oo

लागुऔषध नियन्त्रण ब्युरोले ५९.६८० ग्राम खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ। भारतबाट लागुऔषध खरिद गरी विभिन्न नाका हुँदै नेपाल भित्र्याएर काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिक्री–वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा ब्युरो शाखा कार्यालय बर्दीबास, महोत्तरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका– ६ बाट रामेछापको मन्थली नगरपालिका– १२ ठेगाना भएका ३१ वर्षीय बाबुराम खड्का पक्राउ परेका हुन्। पक्राउ परेका खड्कालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा बुझाइएको ब्युरोले जनाएको छ।

प्रहरीले उनको साथबाट ५९.६८० ग्राम खैरो हेरोइन, बा.५९ प. १८९१ नम्बरको एउटा स्कुटर र एउटा मोबाइल बरामद गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोले ०८३ असोज १५ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो।

↑