मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १५ बिहीबार १५:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुपन्देहीबाट एक किलो सुनका गरगहनासहित एक महिला पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार १५:१९:oo

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटबाट सशस्त्र प्रहरीले एक किलोबराबरको सुनका गरगहनासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको टोलीले गएराति काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया ईला पटेललाई नियन्त्रणमा लिएको हो। भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई विशेष सूचनाको आधारमा प्रहरी नायव उपरीक्षक गोपीकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो।

महिलालाई बरामद सुनसहित आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाइएको सशस्त्रका सहप्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। बरामद सुनको मूल्य दुई करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ छ।

↑