मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
२o८३ असोज १५ बिहीबार १४:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्छ : उपनेता पराजुली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार १४:५३:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले हालैको अविरल वर्षा, बाढी, पहिरो र डुबानका कारण पुगेको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यो घडीमा सरकार र प्रतिपक्षबिच सहकार्य आवश्यक रहेको बताएका छन्।

संसद्को बैठकमा सम्बोधन गर्दै उपनेता पराजुलीले भोटेकोशी–त्रिशूली महाविपत्तिको घाउ ओभाउन नपाउँदै आएको विपद्ले थुप्रै परिवारको खुसी र भविष्य खोसेको उल्लेख गरे। उनले यस विपद्मा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे।

पूर्वतयारी र उद्धारमा सामूहिक सहकार्यको अपिल
उद्धार र राहत कार्यमा खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय सरकार, स्वयंसेवक तथा दातृ निकायहरूप्रति आभार व्यक्त गर्दै उपनेता पराजुलीले सुरक्षित छानो, बालबालिकाको पढाइ र जीविकोपार्जनका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको औंल्याए।

उनले भने, ‘विपद्ले सरकार र प्रतिपक्ष छुट्याउँदैन। यसले हामी सबैको मानवीय चरित्र र राज्यको सामूहिक क्षमता परीक्षण गर्छ। यो समय आरोपको होइन—तथ्यमा आधारित समीक्षा, रचनात्मक सहकार्य र परिणाममुखी कामको हो।’

जलवायु न्याय र संसदीय विशेष समितिको जिम्मेवारी
जलवायु परिवर्तनका असरलाई छुट्टाछुट्टै मौसमी घटनाका रूपमा मात्र हेर्न नहुनेमा जोड दिँदै पराजुलीले प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको महासभा सम्बोधन र परराष्ट्रमन्त्रीको कूटनीतिक पहलको सराहना गरे। साथै, सभापति रवि लामिछानेको पहलमा गठित ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’को सभापतिको जिम्मेवारी सुम्पिएकोमा धन्यवाद व्यक्त गर्दै समितिले वैज्ञानिक प्रमाण र प्रभावित नागरिकको भोगाइका आधारमा निष्पक्ष अध्ययन गर्ने प्रतिबद्धता जनाए।

↑