मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १४ बुधबार १४:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

८० लाख रुपैयाँ ठगीका फरार प्रतिवादी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार १४:४८:oo

८० लाख रुपैयाँ ठगी गरेको आरोपमा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– १५ स्थायी ठेगाना भई हाल तारकेश्वर नगरपालिका– ५ बस्दै आएका ४१ वर्षीय राजकुमार बिडारी रहेका छन् । प्रहरीका अनुसार उनलाई बुधबार काठमाडौं महानगरपालिका– १०, बानेश्वरबाट पक्राउ गरिएको हो ।

बिडारीविरुद्ध ८० लाख रुपैयाँ बिगो कायम गरी ठगीसम्बन्धी कसुरमा अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

↑