मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १४ बुधबार १३:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारको मुख्य परीक्षा तीव्र आर्थिक–सामाजिक रूपान्तरणमै हुनेछ : बाबुराम भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार १३:५९:oo

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकारको ६ महिनाको मूल्यांकन गर्दा ‘केही आशंकासहितको आशा’ बढी अनुभूत भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले बिलकुलै नयाँ पृष्ठभूमिबाट आएको युवा बाहुल्य सरकारलाई जटिल राजकाजका विषय बुझ्न र सिक्न केही समय लाग्नु स्वाभाविक भएको बताएका हुन्।

उनले अब सरकारको मुख्य परीक्षा भने तीव्र आर्थिक–सामाजिक रूपान्तरण र समृद्धिको मुद्दामा हुने उल्लेख गरेका छन्। दशकौँदेखिको कछुवा गतिको ‘बयलगाडे विकास’ले रोजगारीका लागि बिदेसिन बाध्य लाखौँ युवाको बढ्दो आकांक्षा सम्बोधन गर्न नसक्ने उनको भनाइ छ।

भट्टराईले केही दशकसम्म बृहत् रोजगारीसहितको दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्दै अर्थतन्त्रलाई वर्तमान अवस्थाबाट उच्च विकसित अवस्थामा पुर्‍याउने नीति तथा योजना आवश्यक रहेको बताएका छन्।

त्यसका लागि प्रधानमन्त्रीमातहत अधिकारसम्पन्न ‘हाइलेभल कमिसन फर इकोनोमिक टेक–अफ’ वा त्यस्तै प्रकृतिको विशेष संरचना बनाएर छोटो समयमै सिंगापुर, दक्षिण कोरिया र चीनले पछिल्लो चरणमा हासिल गरेको तीव्र विकासको बाटो पछ्याउने साहस युवा नेतृत्वको सरकारले गर्नुपर्ने उनले सुझाव दिएका छन्।

‘आगामी केही महिना थप परीक्षाका महिना हुन सक्छन्’ भन्दै भट्टराईले सरकारलाई शुभकामना पनि दिएका छन्।

↑